दफा १६५
सामाजिक रीति स्थितिमा खलल पार्न नहुने

(१) कसैले कसैको सामाजिक रीति स्थितिमा खलल पर्ने वा खलल हुने गरी झुक्याई वा जबर्जस्ती गरी कुनै काम गर्न वागराउन हुँदैन।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि जातीय भेदभाव हुने रीतिस्थितिलाई सामाजिकरीतिस्थिति मानिने छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।